खोटाङकी मृगौला पीडित रोजीलाई मलेसियामा रहेका नेपालीहरको १ लाखबढी सहयोग

everest kitchen

मलेसिया । खोटाङकी मृगौला पीडित रोजी राईलाई मलेसियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । मलेसिया स्थित “ईको सप मार्केटिङ एसडीएन बिएचडी नममक कम्पनीमा कार्यरत श्रमिकहरुले पीडितलाई आर्थिक सहयोग गरेका हुन ।

कम्पनी भित्र कार्यरत केही श्रमिक अगुवाहरुको पहलमा
खोटाङ जिल्ला ,हलेसी तुवाचुङ नगरपालिका -2 बलुइ बस्ने पीडित राईको लागि १ लाख १ हजार ५३२ रुपैया सहयोग संकलन गरेर नेपाल पठाएको उक्त कम्पनीमा कार्यरत युवराज गिरीले जानकारी दिए । उनका अनुसार उक्त रकम केही दिन पहिले पीडितलाई नेपाल पठाई सकिएको छ ।

राईको दुबै मृगौला फेल भइ हाल काठमाडौं स्थित “नेपाल मेडिकल कलेज”मा डायालाईसिस गराइरहेको परिवारले जनाएको छ । मृगौला डायालाईसिस गर्न समेत रकम अभाव भएको र मृगौला प्रत्यारोपण गर्नको लागि धेरै खर्च लाग्ने भएको र पीडितको आर्थिक अवस्था निकै कम्जोर रहेकोले सहयोग गर्न अनुरोध गरिएको छ ।