थप ३ हजार ७ जनामा कोरोना पुष्टि, ३७ को निधन

everest kitchen

काठमाडौँ । नेपालमा गएको २४ घण्टामा थप ३ हजार ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै देशभर हालसम्म ७ लाख ८ हजारबढी संक्रमित भइसकेका छन् ।

यस्तै गएको २४ घण्टामा नेपालभरबाट २ हजार १२ जना कोरोना मुक्त भएका छन् । यो संगै देशभर हालसम्म ६ लाख ६३ हजारबढी संक्रमण मुक्त भएका छन् । हाल नेपालमा ३४ हजार ४२२ जनामा संक्रिय संक्रमण रहेको छ ।

त्यस्तै कोरोना संक्रमणका कारण थप ३७ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा हजार ९ सय ९५४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । पछिल्लोपटक नेपालमा कोरोना संक्रमित बढ्न थालेको तथ्यांकले पुष्टि गर्छ ।