रुकुममा पहिरोमा परेर २ जना घाइते

everest kitchen

रुकुम (पश्चिम), २१ साउन । मुसिकोट नगरपालिका-३ खरखरेस्थित मध्य पहाडी लोकमार्गमा बिहीबार बिहान पहिरो खस्दा पुरिएर सडकमा हिँडिरहेका २ जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा सानीभेरी गाउँपालिका-११ बस्ने ५५ वर्षीया देउरुपा खड्का र मुसिकोट नगरपालिका-३ माछमी बस्ने ५० वर्षीय लाल बहादुर खड्का रहेको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)बाट खटिएको प्रहरीले उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल सल्ले पठाएको छ । घाइतेमध्ये लाल बहादुरको अवस्था गम्भीर रहेको छ ।