बैदेशिक रोजगारीबाट फर्कने नेपालीलाई भन्सारमा सास्ती किन ?’ : अर्थमन्त्री

everest kitchen

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले भन्सार प्रशासनलाई सरल र जनमुखी बनाउनुपर्नेमा जोड दिएका छन्। विहीवार भन्सार विभागको निरीक्षण तथा ब्रिफिङ्ग लिने क्रममा “सेवाग्राहीको सन्तुष्टि महत्वपूर्ण कुरा हो भन्दै यसमा ध्यान दिँदै इमान्दारिता र पारदर्शितासहित आफ्नो सम्पूर्ण क्षमताका साथ काम गर्न निर्देशन दिएका हुन्।

मन्त्रि शर्माले बैदेशिक रोजगारीबाट फर्कनेहरुले विमानस्थल भन्सारमा दुख पाइरहेको गुनासो आफूले पाएको बताएका छन्। जसले विदेशबाट डलर पठाएर विप्रेषण बढाएको छ, घर फर्कंदा उसैले बोकेर ल्याएको एउटा मोबाईल र एउटा टिभी सेटको विषयलाई लिएर भन्सारमा सास्ती पाउने गरेको किन ?” भनी प्रश्न गरेका छन्।

“बैदेशिक रोजगारीबाट फर्कने नेपालीहरुले ल्याउने घरायसी प्रयोजनका सामानमा भन्सार छुट दिन सकिन्छ कि सकिदैन ? भनेर प्रस्न गर्दै बैदेशिक रोजगारबाट फर्किनेलाई घरयासी सामानमा भन्सार छुट हुनुपर्ने इंगित गरे।