भत्काइयो महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर

everest kitchen

काठमाडौँ । संग्रहालय बनाउने प्रयोजनका लागि महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काइएको छ । मैतीदेवीमा रहेको देवकोटाको पुरानो घरलाई भत्काउन थिलिएको हो।

काठमाडौं महानगरपालिका -३० मैतीदेवीस्थित रहेको महाकवि देवकोटाको घर सरकारले किनेर भत्काईएको हो। उक्त घरलाई नेपाल प्रज्ञा प्रतिष्ठानले संग्रहालय बनाउन लागेको हो ।

देवकोटाले सो घर वि.सं. १९९० सालतिर किनेको बताइएको छ। महाकवि देवकोटाको घर सरकारले २ करोड ५० लाखमा किनेर संग्राहलय बनाउने तयारी थालेको बताएको छ । तस्बिरः फेसबुकबाट