गाउँपालिकाकी उपाध्यक्षका ससुराको निधनमा शोक बिदा

everest kitchen

काठमाडौं । तेह्रथुमको मेन्छयायेम गाउँपालिकाले उपाध्यक्षका ससुराको निधनमा शुक्रबार शोक बिदा दिएको छ । गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी तिम्सिना गौतमका ससुरा कृष्णप्रसाद गौतमको निधन भएको भन्दै पालिकाले बिदा दिएको हो।

गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरु, गाउँपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु एवं गाउँपालिका मातहतका कार्यालयहरु (स्वास्थ्य संस्थाबाहेक) सबै बन्द हुने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अकिकृत विष्णुप्रसाद पोखरेलले शुक्रबार जारी गरेको सुचनामा उल्लेख छ।

उपाध्यक्षका ससुराको बिहीबार राति ११ः४० बजे निधन भएको थियो । उपाध्यक्षका ससुराको शोक बिदामा भने स्वास्थ्य संस्था बहने खुल्ने बताएको छ। यद्यपि उक्त निर्णयको चौतर्फी आलोचना भएको छ।