सुकुम्बासी आयोगका सबै काम रोक्का, भदौसम्म बुरबुझारथ गर्नुपर्ने

everest kitchen

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सुकुम्बासीसम्बन्धी समस्या समाधानका सबै काम रोकिएको बताएको छ।

शुक्रबार मन्त्रायका प्रवक्ता जनकराज जोशीले विज्ञप्ति जारी गर्दै आयोग विघटन भएको साउन १९ गतेपछि आयोग र जिल्ला समितिको नाममा कुनै पनि लगत संकलन, प्रविष्ट लगायतका काम नहुने जनाएक हुन् ।

आयोगबाट हालसम्म कार्य सम्पादन भएका काम कारबाही, संकलित विवरण, तथ्यांक, फारामलगायतका कागजात, सवारीसाधन, भौतिक सम्पत्ति सबै सम्बन्धित मालपोत कार्यालयमा बुझाउन भदौ मसान्तसम्म समय दिइएको उल्लेख गरिएको छ।

आयोग र जिल्ला समितिमा कार्यरत् काजमा खटिएका वा करारमा रहेका कर्मचारीलाई भदौ मसान्तसम्म काम लगाइए पनि त्यसपछि सबै बुरबुझारथ गर्नुपर्ने मन्त्रालयले जनाएको छ।