मेरो सपना

everest kitchen

कविता – मेरो सपना

विप्लवी तेन्जु योन्जन

अमुर्त सपनाका बथानहरु
एक अनि अर्को गर्दै विहानीमा
मिर्मिरेको लाली
धर्तिमा छाउन नपाउदै
चिसो सिरोटो सगै हावाको स्पर्श लिएर
मेरो प्रत्यक
अङ्ग अङ्गमा चुम्दै
आफ्नो स्वामित्व जमाउदै
वाधिन खोज्छन् मेरो आलिङ्गनमा
अनि तिनै अनौठो
सपनाहरुको न्यानो मायाँ स्नेहको
पारिलो ताप
ताप्न नपाउँदै
अन्यासै आफुबाट
आफै टाढीएर जान्छन् हरेक दिन
यहि प्रक्रिया
पटक पटक
दोहोरी रहदा
म भित्र अनौठो
कौतुहल्ता हुन्छ
मन भित्र हरेक क्षण प्रत्यक
बिहानिको सुरुवात सगै
दिनभर
त्यही
सपनालाई चुम्ने
अतृप्ति आशामा
त्यहि सपनाको खोजीमा हजारौ
प्रयासहरुको साम्राज्य
छर्छु
अनि
आफ्नै बिस्वास र
भरोसाको सडक निर्माण गर्न
लखतरान हुदै
समयको पछि डौडने गर्छु
आफ्नै रफतारमा
निरन्तर निरन्तर
तर अपसोच
जीवनमा सपनाहरु
सुकोमल वनेर आएका
पाउदिन
केवल
काल्पनि अनि
दृश्यमा वरीपरी
पदार्पण भएको
पाउछु
जहाँ त्यसको अनुभव गर्न सकिएको हुँदैन
सपनाहरु
फरक फरक रङ्गका
अँह !
थाहै हुदैन
खै ! कस्का हुन् यति धेरै सपनाहरु ?
किन र कसरी
आउछन
कहाबाट आएका हुन् ?
कस्का लागि बनेका हुन् ?
वास्तविक रुप
थाहा छैन
तर यी सपनाहरुलाई देखेर
म आफै त्यसै अतालिन्छु
आबेगमा आई आधी तुफानको झोका झै वतासीन्छु
अनि कुनै अग्लो
पहाडमा ठोकिएर
रोकिए झै
आफ्नै सम्झेर
फेरि तिनै सपना वुन्न थाल्छु
हरेक पल सपनाहरुलाई
तर एउटा सपना वुनी नसक्दै
यति धेरै सपनाहरुको
डङ्गुर पहाड झै
चुलिएर एक अनि अर्को गर्दै थपीन्छन्
तव मलाई लाग्छ
सपना केवल वुन्न कै मात्र सिमित हो
जो आफ्नै अटुट सपनाहरु वुन्दावुन्दै
जिवनका अधिकाङ्स वषन्तहरु आफूबाट
धेरै टाढी सके हुनेछ
त्यसैले
म आफू अफैलाई
प्रश्न गर्ने गर्छु
अव कति वुन्ने होला ?
यो भन्दा पनि धेरै सपनाको तानहरु
मात्र मनका रहर टुसाई रहन्छ
तर त्यो कहिल्यै न त फुल्छ न त फकृन्छ
केवल यो सारा समयहरुसंग
सम्झौता गर्दा सम्म
अझै आफ्ना स्वामित्व भित्र वनेका छैनन् सपनाहरु
तर पनि
अमुर्त सपनाहरु बथानहरु
एक अनि अर्को
गर्दै
विहानिमा
मिर्मिरेको लाली धर्तिमा छाउन नपाउदै
चिसो सिरोटो सगै
ताजा हावाको स्पर्श लिएर
मेरो प्रत्यक अङ्ग अङ्गमा चुम्दै
आफ्नो स्वामित्व जमाउदै
वाधिन खोज्छन् मेरो आलिङ्गनमा
अनि तिनै अनौठो
सपनाहरुको न्यानो मायाँ स्नेहको
पारिलो ताप
ताप्न नपाउँदै
अन्यासै आफुबाट
आफै टाढीएर जान्छन् हरेक दिन