लघुकथा – नखाएको बिष
अनुग्रह राना मगर “पुस्प”
स्याम, राम र हरि एउटै छिमेकीका छोराहरु हुन् । एक अर्कामा असाध्यै मिल्दथे । बेला मौका तिनैजना मिलि खोला घर देखि नजिकै भएको हुनाले नुहाउन भनी निस्कन्थे । यो पटक पनि तिनैजना झोलामा केही कपडा बोकि निस्के। खोलामा पुगे । एकदम खुशिका साथ धेरै पानी जमेको ठाउँमा पौडी खेल्नुको मज्जा निक्कै आनन्दपुर्ण हुन्थ्यो ।
एक रमाहटका साथ तिनैजना माथिबाट हाम फाल्दै खेली रहेका थिए । दहमा बेला बेला भुमरी पनि चल्दैथ्यो । तर उनिहरुले त्यति ख्याल गरेनन् रमाइलोको शुरमा । जाने बेलामा बुवा आमाले भन्नू भएको त हो त्यहाँ नजानु , धेरै बेर नलाउनु , बेलैमा घर फर्कनु भनेर । हुन्छ भनेर त तिनैजनाले भनेका थिए ।
रमाइलो मानी खेल्दै थिए । खेल्दा खेल्दै स्यामलाइ पानीको भुमरीले तान्यो । दुई भाइलाई पत्तै भएन । कति खेर तान्यो एकैचोटी प्राण गएर लास तैरिएर आउँदा मात्र थाहा भयो ।
अब के गर्ने दुवै आत्तिए । जसोतसो लास बाहिर निकाले । तर मृत्यु भइसकेको थियो । अब घरमा जानकारी गराऔँ , प्रहरीलाई बोलाऔँ भनेर रामले भने ।
हरिले भन्दै थियो ए राम ! कतै “नखाएको बिष” हामीलाई लाग्ने त होइन ? हुँदैन हामिले त्यस्तो नराम्रो काम गरेको छैन त कसरी हुन्छ ? जवाफ दियो रामले ।
हामीलाई पो थाहा छ हामीले गरेकोछैन भनेर आजकलको मान्छे जसले उद्वार गर्य। त्यसैले हो भन्ने र तर्किन खोजेको भनी शंका गरि उसैलाई पो केस गर्छन् नि । हरिले भने ।
आ.. त्यस्तो सोँच्नु हुन्न । यस्तो बेलामा खबर नगरे कसलाई भन्ने त ? रामले भने । (एकछिन घोरिएर ) हुन त हो डर मान्दै भने हरिले ।
अनि फोन गरेर खबर गरे । सबैजना आए । प्रहरी पनि आइ पुगे । सँधै मिलेर बस्ने छिमेकिमा आज आरोप प्रत्यारोपको हानाथाप हुन थाल्यो । उनको परिवारले राम र हरि मिलेर यस्तो गर्यो भन्ने आरोप लाउन थाल्यो । हामिले यस्तो गरेको छैन भन्दा पनि पत्याएनन् । र अन्तमा धेरै बहस चले पछि पोसमाटमको रिपोर्ट नआउन्जेल सम्म दुवैलाई प्रहरीले ठाना लग्यो र मृतकको लासलाइ पोसमाटमको लागि । – संखुवासभा हाल मलेसिया