देवकोटाको घर भत्काउनु बाध्यात्मक अवस्था हो : प्रतिष्ठान

everest kitchen

विपेन उलंगे
काठमाडौं। काठमाडौं महानगरपालिका -३० मैतीदेवीस्थित रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर संग्रहालय बनाउने प्रयोजनका लागि भत्काइएको नेपाल प्रज्ञा–प्रतिष्ठानले जनाएको छ। प्रज्ञा–प्रतिष्ठान साबिकको घर भत्काउनु बाध्यात्मक अवस्था भएको बताएको हो।

पुरानो घर भत्काउनु भन्दा त्यसलाई बलीकरण गर्नु पर्ने भन्दै आवाज उठेपछि प्रज्ञा–प्रतिष्ठानले एक बिज्ञप्ति जारि गर्दै, उक्त घरलाई यथावत् राखी सबलीकरण गर्न नसकिने प्राविधिक ठहर भएपछि साबिकको घरको बाह्य स्वरूप आउने गरी प्रस्तावित ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ निर्माणको प्रत्रिफ्या अगाडि बढाइएको हो । प्रस्तावित सङ्ग्रहालय निर्माण प्रयोजनका लागि साबिकको घर भत्काउनु बाध्यात्मक अवस्था हो, बिज्ञप्तिमा भनिएको छ।

प्रस्तावित सङ्ग्रहालय भवन विभिन्न उमेर अवस्थाका अवलोकनकर्ताहरूलाई दृष्टिगत गरी सुविधाका दृष्टिले आधुनिकता र कलाका दृष्टिले नेपाली मौलिकता कायम हुने गरी निर्माण गर्न लागिएको हो बिज्ञप्तिमा उल्लेख छ ।

देवकोटाले सो घर वि.सं. १९९० सालतिर किनेको बताइएको छ। महाकवि देवकोटाको उक्त घरले चर्चेको १२ आना १ दाम सरकारले २ करोड ५० लाखमा किनेर संग्राहलय बनाउने तयारी थालेको हो ।

सङ्ग्रहालय निर्माण गर्ने प्राङ्गणमा महाकवि देवकोटाको पूर्ण कदको प्रतिमा राखिने छ । प्रतिमा स्थापना गरिएको क्षेत्रमा हरियालीयुक्त सानो उद्यानसमेत रहने छ । प्रतिमासँगैको पश्चिमतिरको भागमा पानीको पफेहोरा रहने छ । परिसरमा अवलोकनकर्ताहरूले प्रयोग गर्ने दुई/तीनओटासम्म हलुका सवारी साधन पार्किङ गर्न मिल्ने गरी व्यवस्था गरिने उल्लेख छ।

त्यस्तै,सङ्ग्रहालयको भुइँतलामा स्वागत कक्ष, प्रतीक्षा कक्ष र देवकोटासँग सम्बन्धित श्रव्यदृश्य सामग्री रहने छन् । पहिलो तलामा देवकोटाले आफ्नो जीवनकालमा प्रयोग गरेका उपलब्ध भएसम्मका सामग्रीहरू रहने छन् ।

दोस्रो तलामा देवकोटाका प्रकाशित कृतिहरू, प्राप्त भएसम्मका अप्रकाशित पाण्डुलिपिहरू र स्वदेशी तथा विदेशी विद्वान्हरूद्वारा देवकोटाका विषयमा लेखिएका उपलब्ध भएसम्मका कृतिहरू/शोधपत्रहरू रहने छन् ।

तेस्रो तला अर्थात् अन्तिम तलामा सङ्ग्रहालय अवलोकन गरिसकेपछि देवकोटाको जीवन, व्यक्तित्व र कृतित्वका विषयमा विचार–विमर्श, अन्तरत्रिफ्या तथा गोष्ठी गर्न एउटा सभाकक्ष रहने छ । साथै भवनमा अशक्त अवस्थाका अवलोकनकर्ताहरूका लागि लिफ्टको व्यवस्था गरिने पनि बताएको छ ।