३ हजार २१८ मा संक्रमण पुष्टि हुदा १ हजार ७२२ जना कोरोना मुक्त

everest kitchen

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार २१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५७३ जनामा गरिएको परीक्षणमा ३ हजार २१८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २४ घण्टामा संक्रमणबाट १९ जनाको मृत्यु भएको छ भने सक्रिय संक्रमितहरुको संख्या ३५ हजार ४ सय ३२ रहेको छ । अहिलेसम्म देशभर संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ ।

त्यस्तै देशभर गएको २४ घण्टामा १७ सय २२ जनामा कोरोना संक्रमण मुक्त भएका छन् । यो संगै देशभर अहिलेसम्म ६ लाख ६७ हजार २७० जना निको भएका छन् ।