वीरगंजबाट प्रकाशिकत भाेजपुरी टाईम्स दैनिक आठाैं बर्षमा प्रबेश

everest kitchen

वीरगंज। नेपालकाे एक मात्र भाेजपुरी भाषामा वीरगंजबाट प्रकाशिकत भाेजपुरी टाईम्स दैनिक पत्रिका साताैं बर्ष पुरा गरी आठाैं बर्षमा प्रबेश गरेकाे छ ।

आठाैं बर्षमा प्रबेश गरेकाे अवसरमा पत्रिकाले वीरगंजकाे आदर्शनगरस्थित रहेकाे आमाकाे मायाँ छात्राबासमा रहेका छात्रहरुकाे लागि ब्याग र स्टेशनरी सहयाेेग गरेकाे छ ।

छात्राबासममा रहेका २० जना बालबालिकाहरुकाे लागि पत्रिकाले आफ्नाे ७ औं बार्षिकाेत्सवकाे अवसरमा एक/एक वटा ब्यज्ञ, आधा दर्ज काँपि, कलम क्यालकुलेटर सहयाेग गरेकाे हाे । पत्रिकाका प्रकाशक अजय चाैरसियाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा छात्राबासका प्रमुख रुपेश हास्दालाई साे सामग्री हस्तान्तरण गरिएकाे थियाे ।

साे अवसरमा रेडियाे वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साह, प्रेस चाैतारीका केन्द्रिय सदस्य बृजलाल पासवान राघव साह, बिश्व हिन्दु परिषद नेपालका संगठन सचिव प्रहलाद रेग्मी, पत्रिका सम्पादक संताेष चाैरसिया, हिन्दु स्वम् सेवक संघका जनकपुर संवाहक रन्जित साह लगायतकाले सुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य पत्रिकाका कार्यकारी सम्पादक श्रवण प्रसाद साहले राखेका थिए भने कार्यक्रमकाे संचालन पत्रकार शम्भु कुमार सुमनले गरेका थिए ।