एनआरएन एसिया प्रसान्त क्षेत्र सहसंयोजकमा विश्व राईको उमेद्वारी घोषणा

everest kitchen

जेडी गाउँले

मलेसिया । आगामी अक्टोबर २३–२५ मा काठमाडौमा हुने एनआरएन ग्लोबल सम्मेलनको लागि एसिया प्रसान्त क्षेत्र सहसंयोजकका लागि विश्व विक्रम राईले उमेदवारी घोषणा गरेका छन् । उनले गैरआवसिय नेपालीहरू, संचारकर्मी एवं शुभेच्छुक साथीहरूलाई सम्बोधन गर्दै आफ्नो फेसबुक वालबाट उमेद्वारीको घोषणा गरेका हुन् ।

व्यवसायी पृष्ठभूमि भएका राई २००८मा एनआरएन मलेसिया गठन हुदादेखि नै राष्ट्रिय समन्वय परिषदको कार्यकारी सदस्यमा संलग्न थिए । त्यसयता निरन्तर महासचिव, उपाध्यक्ष, अध्यक्ष र आईसीसीको भूमिका निर्वाह गरिसकेका राईले २०२१–२०२३ का लागि एसिया प्रसान्त क्षेत्रमा आफ्नो भूमिका सुरक्षित गर्न सह–संयोजकमा उमेद्वारी घोषणा गरेका हुन् ।

आफ्नो उमेद्वारीको सम्बन्धमा राईले भनेका छन् –“एसिया प्रशान्त क्षेत्रबाट संघको केन्दीय तहमा बलियो प्रतिनिधित्व गर्न मात्र होइन, यस क्षेत्रमा रहेका नेपालीहरूका हितमा काम गर्न, सुरक्षित व्यवस्थित र मर्यादित बैदेशिक रोजगारीको पहल एवं प्रबद्र्धन गर्न मलेसिया लगायत एसियामा आपतमा परेका नेपाली श्रमिकका लागि सुरक्षित गृह संचालनमा पहल गर्न, स्वदेश उत्पादन र पर्यटनको प्रबद्र्धन गर्न, कोभिड प्रभावित वा यस सम्बन्धी मनोपरामर्श अभियान संचालन गर्न, श्रमिकहरूबीचमा उद्यमशीलताको विकास र प्रबद्र्धन गर्न साथै संघको एसिया क्षेत्रीय सम्पर्क कार्यालय स्थापना लगायतको काम गर्ने मेरो दृढ इच्छा छ ।”

११ सदस्यीय राष्ट्रिय समन्वय परिषद कमिटिबाट सुरु भएको एनआरएन मलेसियामा अहिले ५,२४९ मौजुदा सदस्य छ । राईको उमेद्वारी ती ५,२४९ सदस्यहरूको प्रतिनिधित्व हो ।