जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ

everest kitchen
सांकेतिक तस्बिर

पाल्पा । तेह्र वर्षीया बालिकालाई जबर जस्ती करणी गरेको अभियोगमा पाल्पामा एकजनालाई प्रहरीले पक्राउ गरेको छ। ती युवा शनिबार साँझ प्रहरीले पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा रैनादेबी छहरा गाउँपालिका-८ बस्ने २३ वर्षीय मिन बहादुर सारु रहेको प्रहरीले जनाएको छ । ती बालिकालाई सारुले साउन १९ गते जबर,जस्ती करणी बताएको छ।

बालिकालाई सारुले जबर,जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।