देउवाले कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने अवस्थामा पुर्‍याए : नेता पौडेल

everest kitchen

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति देउवाले नेपाली कांग्रेस निर्वाचन आयोगसँग भिख माग्ने बनाएको आरोप लगाएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत् नेता पौडेलले यस्तो आरोप लगाएका हुन ।

पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई असफलतातिर लगेको आरोपसमेत पौडेलले लगाएका छन् । पौडेलले देउवाकै कारण अहिले पार्टी निर्वाचन आयोगसँग भिख माग्नुपर्ने अवस्थामा पुगेको आरोप लगाएका छन् ।

‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थित भनेर एक वर्ष थपियो । देशको संविधानलाई समेत ६ महिना बढाइयो,’ पौडेलले भने, ‘आज आएर त्यसभित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्‍याइएको छ ।’

त्यस्तै, पौडेले प्रधानमन्त्री देउवाप्रति इंगित गर्दै असफल व्यक्तिहरु नै बारम्बार सत्ता सम्हाल्न पुग्ने गरेको आरोप लगाएका छन् । उनले भने, ‘यो देशकै विडम्बना हो । सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता सम्हाल्न पुग्छन् ।’