जीवित भैंसे गोहोरोसहित तीन जना पक्राउ

everest kitchen

काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले संरक्षित वन्यजन्तु जीवित भैंसे गोहोरोसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर १ इमाडोलबाट उनीहरुलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा धादिङ थाक्रे गाउँपालिका वडा नम्बर ५ नौबिसे दामिचौरका ४१ वर्षीय पञ्चराम तामाङ, दोलखा मेलुङ गाउँपालिका वडा नम्बर ३ भैंसेका १९ वर्षीय सुरेश विक र तामाकोसी गाउँपालिका वडा नम्बर ५ गोगनटारका २३ वर्षीय सुमन विक रहेका छन्।

वन्यजन्तुको अवैध रूपमा ओसारपसार तथा बेचबिखन भइरहेको भन्ने सूचनाको आधारमा खटिएको टोलीले उनीहरूबाट जीवित भैंसे गोहोरो सहित उनीहरूलाई पक्राउ गरेको हो। थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय,गोदावरीमा बुझाइएको प्रहरीले जनाएको छ।