एमालेको संशोधित विधानमा प्रस्ताव पारित: २२५ जनाको केन्द्रीय कमिटी, सचिव बढ्ने

everest kitchen

काठमाडौं। तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा आज बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकबाट विधान संशोधन प्रस्ताब पारित भएको छ। विधान संशोधन प्रस्तावमा केन्द्रीय समितिको संख्या २२५ जना हुने प्रस्ताव गरिएको छ ।

यस्तै अध्यक्ष र महासचिव बाहेक अन्य पदाधिकारी महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले चुन्ने नयाँ व्यवस्था गरिएको छ । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार संशोधित नयाँ विधानको प्रस्तावमा पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाई पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ ।

त्यस्तै, पार्टीमा उपाध्यक्षको सङ्ख्या घटाउने र सचिवको सङ्ख्या बढाउने प्रस्ताव पारित विधानमा गरिएको छ । यस्तै विधानमा प्रदेश कमिटीलाई कार्यकारिणी बनाइने समेत उल्लेख गरिएको छ ।