कुशवाहा कल्याण समाज मलेसिया नयाँ कार्यसमिति: अध्यक्षमा प्रमोद कुमार महतो

everest kitchen

सुरेन्द्र महतो
मलेसिया । कुशवाहा कल्याण समाज मलेसियाले नयाँ कार्यसमिति चयन गरेको छ । आइतबार पुर्व अध्यक्ष श्री गुरुदियाल महत्तोको अध्यक्षतामा बसेको समाज बैठकले नवनियुक्त पदाधिकारीहरुको सपथ ग्रहण गरेको हो ।

नयाँ कार्यसमितिको संस्थापक प्रमुखमा गुरुदियाल महतो , अनुशासन प्रमुखमा सुशील कु. महतो, अध्यक्षमा प्रमोद कुमार महतो , वरिष्ठ उपाध्यक्षमा लाल बाबु महतो , द्वितीय उपाध्यक्षमा राज कुमार कुशवाहा,तृतिय उपाध्यक्षमा गङ्गा महतो, महासचीवमा सुरेन्द्र महतो , सचिवमा सन्तोष कु. महतो , कोषाध्यक्षमा पवन महतो सह- कोषाध्यक्षमा बसन्त कु. महतो रहेका छन् ।

त्यस्तै बरिस्ठ सल्लाहकारमा रुधन महतो, सल्लाहकारहरु मा राम पुकार महतो, राम जुलुम महतो, हरिनरान महतो, रघुनदंन कुशवाहा, रबिन्द्र कु सिंह, श्रवण कु महतो र सदस्यहरुमा ब्रहम देब महतो , राम प्रकास महतो, उदय महतो, राज कुमारमेहता, प्रदीप महतो, सुनील कुमार कुशवाह, राम बहादुर मेहता चयन भएका हुन ।

भर्चुअल माध्यमबाट सम्पन्न पदभारग्रहण तथा सपथग्रहण कार्यक्रममा केन्द्रीय अध्यक्ष श्री तपेश्वर महतो , कुशवाहा विधार्थी कल्याण समाज को अध्यक्ष श्री मुकेस महतो , कतारको अध्यक्ष शिबकुमार महतो , गुनानन्द मेहता बिद्यार्थी पुर्ब अध्यक्ष , पुजा मेहता बिद्यार्थी केन्द्रिय सदस्य त्यसै गरि नेपालका पदाधिकारी ,समाजसेवी रिता महतो , परमानन्द मेहता तथा कतार को सल्लाहकार श्री कमलेस महतो लगायत यस कुशवाहा कल्याण समाज मलेसियाका पदाधिकारी तथा सदस्यहरु उपस्थि रहेको थियोे ।

कुशवाहा अर्थात “कोईरी सूर्यवंशी राजा भगवान राम को पुत्र कुशको वंशजको रुपमा रहेको जाति मानिन्छ । कुशवाहा समाजले आजभोलि आफ्नो पहिचान र संस्कृति लाई अझै सबल बनाउन को लागि देश देखि बिदेशसम्म संगठानिक रुपमा एक्यवद्ध रहदै अगाडि बढिरहेको छ ।