कविता -कोरोना
सिर्जना जगेबु
यो संसारमा जताततै अन्धकार छायो।
कस्तो ! डरलाग्दो कोरोना आयो।
ज्वारो आउँछ वाक-वाकी रिंगटा नि लाग्छ !
नडराउनु मुखको स्वाद र नाकको गन्ध भाग्छ।
धेरै हात धुने अनि तातोपानी पिउने ।
आफू आफैमा कोशिस गरौं स्वास्थ जीवन जिउने।
धेरै लग्यो कोरोनाले आफ्नो आफन्तहरुलाई!
गरिबलाई नै लग्यो छैन सामन्तीहरुलाई।
मनमा चोट सबैलाई दियो बाच्न कता पो जानू!
भगाउन कोरोना लुवाङ,अदुवा ,तुलसी पानी खानु ।
नडराउनु केही हुदैन डटेर लड्नु पर्छ।
आफु आफैमा सावाधान रहे पो कोरोना आफैं मर्छ।
शरीर दुखी थकितहुँदा मन पनि भारी हुन्छन् !
जिउने हराएर भित्री मन रुन्छ्न।
हिम्मत गर्नु ठिक हुनलाई बीस ,बाईस दिन लाग्छ !
दवाई पानी राम्रो गरेपछि कोरोना साच्चै आफै भाग्छ ।