लुम्बिनीको मुख्यमन्त्रीको लागि केसीको पक्षमा ४२ सांसदको हस्ताक्षर

everest kitchen

बुटवल । नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउने प्रस्तावसहित लुम्बिनी प्रदेशका बहुमत सांसदले प्रदेश प्रमुख समक्ष हस्ताक्षर बुझाएका छन् ।

लुम्बिनी प्रदेशमाका ४ दलीय गठबन्धनका ४२ सांसदले प्रदेश प्रमुख अमिक शेरचनलाई हस्ताक्षर बुझाएका हुन्। बुधबारको संसद बैठक सुरु हुने वित्तकै अविश्वासको प्रस्तावमाथि छलफल हुनु अगाडि मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका थिए ।

अविश्वासको प्रस्ताव पारित हुने र आफ्नो बहिरगमन पक्का भएपपछि पोखरेलले राजीनामा दिएकाले नयाँ सरकार वठनको प्रकृया अघि बढेको हो । प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि २० घण्टाको समय दिएर हिजै आह्वान गरेका थिए। गठबन्धनलाई एक स्वतन्त्र सांसदले समेत समर्थन गरेका छन्।

गठबन्धनका ४१ र एक सूर्य चिन्हबाट चुनाव जितेका स्वतन्त्र सांसद अजय शाहीसहित ४२ सांसदले हस्ताक्षर गरेका छन्। संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको बहुमत पुर्‍याएर नयाँ सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुख अमिक शेरचनले बुधबार २४ घण्टाको समय दिएर आह्वान गरेका थिए ।