संसदमा स्थानीय तहका जनप्रतिनिधिको सम्पत्ति छानविन गर्न माग

everest kitchen

काठमाडौं। सांसद आशाकुमारी विकले स्थानीय जनप्रतिनिधिको सम्पत्ति छानविन गर्न माग गरेकी छिन् । बिहिबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद विकले स्थानीय तहका जनप्रतिनिधिको आर्थिक स्तर ठूलो मात्रामा बढेको गुनासो आएको बताउँदै जनस्तरमा नेता र जनप्रतिनिधीको उपनाम नै भष्टाचारी भएको उल्लेख गरिन् ।

परमादेशबाट आएको सरकारले सुरुवाती काम राम्रो नगरेपनि प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्दै उनले भनिन्– ‘हनिमुन अवधिमै स्थानीय जनप्रतिनिधि, प्रदेशका जनप्रतिनिधि र संघका जनप्रतिनिधीको सम्पत्तिको देउवा सरकारले छानविन गरोस भन्ने माग गर्दछु ।’

पछिल्लोपटक स्थनियतहमा जनप्रतिनिधिहरु बीचनै रकम हिनामिना गर्ने प्रस्तिस्प्रधा जस्तै चलेको भन्दै संघिय संसदमा पनि यसको आवाज उठ्दै आएको छ।