बैरागीको हत्या आरोपमा पक्राउ परेका हजरा समान्य तारिखमा रिहा

everest kitchen

रौतहट । राष्ट्रिय कुस्ती खेलाडी उपेन्द्र दास बैरागीको हत्यामा संलग्न रहेको एक अपराधीलाई जिल्ला अदालत गौरले साधारण तारिखमा रिहा गरेका छन् । १० बर्ष पहिला सदरमुकाम गौर अदालत चौक अगाडि बेलुकी लोडसेडिङको मौका छोपी राष्ट्रिय कुस्ती खेलाडी बैरागीको गोली हानी हत्या गरेको थियो ।

हत्याको १० वर्षपछि फरार अभियुक्त देवाही गोनाही नगरपालिका वडा नंबर ७ का सोनफी पासवान भन्ने सोनफी हजरा गौर नगरपालिका वडा नंबर ५ मा हिडडुल गर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका हजरालाई आज जिल्ला अदालत रौतहटमा पेश गरिएको थियो । जिल्ला अदालतको १ नम्बर इजलाशमा न्यायधिश काजिबहादुर राईको आदेशमा उनलाई सामान्य तारेखमा छाडिएको हो ।

प्रहरीले २०६८ साउनमा नै अनुसन्धान पुरा भएको भन्दै मुद्दा अदालतमा बुझाएको र अदालतले दिएको आदेश अनुसारनै कर्तव्य ज्यान मुद्दामा फरार रहेको हजारालाई गत बुधबार प्रहरीले पक्राउ गरेको थियो ।

फरार अभियुक्त पक्राउ पछि पिडित परिवारले न्यालयबाट न्याय पाउँने आशा बढेको थियो। तर अदालतले अभियुक्तलाई समान्य तारिखमा रिहा गरेको सुन्दै पीडित परिवारले अदालत माथि दु:ख पोखे ।ujyalonetwork