जागौँ है – अनुग्रह राना मगर “पुस्प”

everest kitchen

कविता  – जागौँ है

अनुग्रह राना (पुस्प)

अनुग्रह राना मगर (पुस्प)

हे देशका खम्बा हो
अब उठ्नुपर्छ – २
देशको लागि केही गर्नुपर्छ
हामी बाटै शुरूवात हुने हो
साथ र सहयोग गर्दै जानुपर्छ -२

नेपाली हो वीर गोर्खाली
शिर झुकाउनु हुन्न -२
आइ परेको सानो तिनो काममा
हात फैलाउँदै अघि बढ्नुपर्छ -२
गन्तव्यमा पुग्नलाइ
पाइला चाली अघि बढ्नुपर्छ -२
सहि ज्ञान सकारात्मक सोँच
जिवनमा ल्याउनुपर्छ

अब सुत्नुहुन्न उठ्नुपर्छ -२
आफ्नो देशको मुहार फेर्नुपर्छ
हातमा हात मिलाउँदै
काँधमा काँध मिलाउँदै
साथमा साथ सहयोग गर्दै
समुन्द्रमा जोडिएर सागर बन्नुपर्छ -२

हामी को हौँ भनेर
देशलाई चिनाउनुपर्छ
हे देशका युवा हो अब जागौँ है
हे प्रदेशी युवा हो अब जागौँ है