मलेसियामा नै प्राण त्यागे सन्जिता र स्वरुपलालले

everest kitchen
मृतक सन्जिता बाँया/ मृतक स्वरुपलाल दायाँ

मलेसिया । मलेसियामा विभिन्न कारणले एकैदिन एक नेपाली युवती र नेपाली युवाले ज्यान गुमाएका छन् । शनिबार मलेसियामा एक करिब २६ वर्षीय युवती र एक करिब ३८ वर्षीय युवाको निधन भएको हो ।

मलेसियाको राजधानी क्वालालम्पुर स्थित एक रेष्टुरेन्टमा कार्यरत नुवाकोटको पन्चकन्या गाउँपलिका भद्रुटार निवासी सन्जिता थिङ् तामाङको शनिबार बिहान निधन भएको हो । उनको क्वालालम्पुर स्थित स्थानीय टोङसिङ हस्पिटलमा उपचारको निधन भएको हो ।

विगत करिब ३ वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया आएकी उनी एक महिना देखि उक्त अस्पतालमा उपचाररत थिईन । तामाङको टाउकोमा केही समयपहिले पानी जमेको थाहा भएपछि त्यसको उपचार गरेको र त्यसपछि पनि बारम्बार बिरामी पर्दै आएकी उनको शनिबार अस्पतालमा नै निधन भएको उनका साथिहरुले बताए ।

त्यस्तै, क्वालालम्पुर- मलेसियाको सेलाङ्गोर क्षेत्रमा अवस्थित ओक्टागोन नामक कम्पनीमा कार्यरत सप्तरीका ३८ वर्षीय स्वारुप लाल मुखियाले घाटीमा पा सो लाएर देहत्याग गरेका छन् ।

करिब ४ बर्ष अघि रोजगारीको शिलशिलामा मलेसिया आएका स्वरुप लालले होस्टेलको पंखामा डोरीले पा सो लगाएर ज्यान लिएको अवस्था शनिबार बिहान भेटिएको उनी संगै कार्यरत नेपालीहरुले बताए । उनीहरुकन अनुसार कोही नभएको मौका पारी उनले देहत्याग गरेका हुन ।

उनी आफ्नो करार अवधि समाप्त गरेर शनिबार नै स्वदेश फर्किने तयारीमा रहेका थिए । मृतकको घरमा २ ओटा छोरी र ३ ओटा छोराहरु रहेको र केहि समय अघि उनको श्रीमतीले अन्तै बिबाह गरी गएको कारणले तनाबमा परी यस्तो गरेको हुन सक्ने साथीहरूले बताए ।