फेसबुकको लीला

everest kitchen

लघुकथा – फेसबुकको लीला

गङ्गा लिगल
अमेरीकाको ओहियो भन्ने ठाउँमा जन्मेकी सरिना सत्र बर्ष! मात्र पुगेकी थिइन् ।सानै देखि कम्पुटर चलाउन सिपालु थिइन् ।इन्टरनेटको दुनियामा फेसबुकको उदय भएपछि अनेकन जात जातीका साथीहरु कमाउन थालिन् ।सरिनाले तिनी राष्ट्रीयताको परिचय दिंदा म ” अमेरिकन ” न ” नेपाली”भनी परिचय दिन्थिन् ।

फेसबुक्मा सबै उमेरका मान्छेहरुको फ्रेन्ड रिकेस्ट आउन
थाल्यो । एक दिन एउटा गोरो राम्रो केटाको फ्रेन्ड रिक्वीष्ट आयो त्यो केटा राम्रो गोरो अमेरिकन थियो
केटी मख्ख पर्दै स्वीर्कार गरिन् । किनकी अमेरिकन केटा सँग नाता जोडन चाहान्थिन् उनी ।

अमेरीकि संस्कारमा हुर्केकी सरिना आफू स्वतन्त्र हुन
चाहान्थिन् । आफ्नो बाबू आमा पनि उनको कोठामा
अनुमती बिना पसेको रुचाउन्न थिईन् ।बाबू आमाको अगाडि किताबहरु पल्टाएर पढदै गरेको नक्कल गर्थिन् । बाबू आमा पनि छोरी पढदै छे भनी ढुक्क हुन्थे । र तिनलाई बाधा पुर्याउन हुन्न भन्ने शोच राख्दथे ।

दिन बित्दै गयो । उनीहरुको फेश्बुक मित्रता पनि चुलिदै गयो ।सरिनाको भित्ता त्यो केटाको ह्यान्डसम तस्बीरले भरिएको थियो। तिनले प्रस्ताव राखिन् । बिहेको केटाले तुरुन्त स्विकार गरे ।

अमेरिकन नागरिक त्यही माथी गोरो । आफुले रोजेजस्तै केटो पाएपछि सरिनाले अनेक सपना बुन्दै दिन बिताउन थालिन् । त्यहीको ठूलो चर्चमा भेटने र बिहे गर्ने प्रस्ताव गर्‍यो। सरिना हुन्छ भनिन् ।

तोकिएको समय मै कृस्चियन बेहुलीको पोशाक मा
चर्चमा पुगिन् सरिना ।उताबाट आउनेको भीड्मा आफ्नो
हुने पतिको अनुहार खोजिन् तर देखिनन् ।

एक जना बूढो छेउमा आएर “आईएम युअर जोहन ” भन्यो अनि त सरिना छागाबाट खसे झैं भइन् । अनि त
मार्क जुकर बर्गलाई सराप्दै फर्किन् ।