प्रहरी चौकी विद्यालयमा

everest kitchen
photo file

मनाङ। नासों गाउँपालिका–३ स्थित सीमा प्रहरीचौकी धारापानीले स्थानीय एक विद्यालयबाट सेवा दिरहेको छ। गत असार १ गते मस्र्याङ्दी नदीमा आएको बाढीपहिराले चौकिनै बगाएपछि प्रहरीचौकी विद्यालयमा सारिएको हो।

बाढीपहिराले जिल्लामा धेरै भौतिक क्षति भएपछि अधिकांश बस्ती विस्थापित भएका छन् । बाढीपहिराका कारण प्रहरीचौकी नै पूर्ण रुपमा विस्थापित भएको थियो । बाढीपहिराले चौकी बगाएपछि अहिले धारापानी प्राथमिक विद्यालयको भवनबाट प्रहरीचौकी राखिएको सीमा प्रहरीचौकी धारापानीका इञ्चार्ज प्रहरी निरीक्षक कमल मजाकोटीले जानकारी दिए ।

जिल्लाका भौतिक संरचना बगाए पनि चौकीमा रहेका हतियार र गोलीगठ्ठा जोगाउन सकिएको उनले बताए । साथै भवनमा रहेका अन्न, खाद्यान्नलगायतका विभिन्न सामग्री भने जोगाउन नसकिएको उउनले बताए। अहिले धारापानी प्राथमिक विद्यालयको भवनबाट सेवा प्रवाह भइरहेको उहाँले जानकारी दिनुभयो ।