आमरण अनसन फिर्ता लिन भूतपूर्व ब्रिटिस गोर्खाहरुलाई सरकारको आग्रह

everest kitchen

काठमाडौं । सरकारले बेलायतमा जारी आमरण अनसन फिर्ता लिन भूतपूर्व ब्रिटिस गोर्खाहरुलाई आग्रह गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सम्बोधन हुन बाँकी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रतिवद्धता समेत जनाएको हो ।

त्यसका लागि कूटनीतिक प्रक्रिया समेत अगाडि बढिसकेको जानकारी दिंदै कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘आमरण अनसन लगायतका विरोध कार्यक्रम फिर्ता लिन भूतपूर्व ब्रिटिस गोर्खा सम्बन्ध सबैलाई आह्वान गर्छौं ।

यसघि पनि उनीहरुले ९ नोभेम्बर १९४७ को त्रिपक्षीय सन्धीको मर्म र भावना अनुसार विभिन्न तह र तप्काका अवस्थाका गोर्खालीले न्याय र ब्रिटिस सैनिकहरु सो सरह समान अधिकार पाउनुपर्ने माग गर्दै १३ बुँदे मागहरु राखेका थिए।

सन् २०१३ बाट सन् २०२१ सम्म आईपुग्दा मागहरू एकदम थोरै आंशिक रूपमा पुरा गरे जस्तो मात्र गरे पछि तथा ब्रिटिस सरकारको संसदीय अनुसन्धान समूहले भने जस्तो काम नगरे पछि पुनः आमरण अनशन बस्नुपर्ने बाध्यता आएको गोर्खा सत्याग्रह संघर्ष समितिका अध्यक्ष ज्ञान राज राईले जानकारी दिए।