मलेसियाका प्रधानमन्त्री मुयीद्दीनले राजिनामा दिए

everest kitchen

मलेसियाका प्रधानमन्त्री मुयीद्दीनले राजिनामा दिएका छन् । उनले आज राजालाई भेटेर आफूले राजिनामा दिएको बताएका हुन् ।
पेरिकातान नेशनल पार्टीले संसादमा आफ्नो बहुमत गुमाए पछि उनले नैतिकताको आधारमा राजिनमा दिएको बताएका छन् ।
मलेसियामा झन्डै डेढ बर्ष प्रधानमन्त्री भएका मुयीद्दीनले सुरुमा सत्तासिन हुँदा पार्टी बहुमतमा भएता पनि बिचमा पार्टी बिभाजन भएपछि र समर्थन गरेका पार्टीहरुले पनि समर्थन फिर्ता लिएपछि केहि समयदेखि उनी अल्पमतमा परेका थिए ।
६ महिना राजाले मलेसियामा संकटकाल घोषणा गरेर सांसद नचले पछि उनको कार्यकाल लम्बिएको थियो । तर, संकटकाल सकिए पछि सांसद पुन: संचालन भएपछि सांसदमा उनले बहुमत पुर्‍याउन सकेनन् ।
धेरै बर्ष मलेसियामा स्थिर राजनीति रहेता पनि केहि समयदेखि भने राजनीतिमा अस्थिरता छाएसँगै कुनै पनि सरकारले पूर्ण कार्यकाल राज्य चलाउन पाएका छैनन् ।
यस अगाडी डा. महाथिरले पनि पूर्ण कार्यकाल सरकार नचलाउदै राजिनामा दिएका थिए ।