
काठमाडौं । चार्टर्ड जहाजमा काठमाडौं आइपुगे छन् अफगानिस्तान गएका नेपालीहरु । अफगानिस्तानबाट ए सय २७ जना नेपाली काठमाडौं आइपुगेका हुन ।
अफगानिस्तानमा रहेका उनीहरू त्यहाँबाट कुवेत र त्यहाँबाट चार्टर्ड विमानमार्फत् आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्।
विमानस्थल स्रोतले दिएको जानकारीअनुसार जजिरा एयरलाइन्स मार्फत् उनीहरू आज मंगलबार बिहान १० बजेर १६ मिनेटमा विमानस्थल आइपुगेका हुन्। सरकारले त्यहाँ स्थित रहेका नेपालीको उद्धार पहल थालेको बताएको छ ।
                










