मजदुर एकता समाज मलेसियाको पहिलाे अधिबेशन: अध्यक्षमा अर्जुन सिंह अनुरागी

everest kitchen

सुरेन्द्र महतो
मलेसिया । नेपाली मजदुर एकता समाज मलेसिया समितिको पहिलाे अधिबेशन सम्पन्न भएकाे छ । समाजको अाईतबार सम्पन्न भर्चुअलमाध्यमबाट सम्पन्न अधिवेशनबाट अधिबेशनले अर्जुन सिंह अनुरागिकाे अध्यक्षतामा नयाँ समिती चयन भएकाे हो ।

नयाँ कार्यसमितिमा अर्जुन सिंह अनुरागिकाे अध्यक्षता उपाध्यक्षमा सैलेस सौगात, महासचिवमा सिंग बहादुर मुक्तान,सचीवमा लाल बहादुर ओली, कोषअध्यक्षमा विशाल श्रेष्ठ,सह-कोसाध्यक्षमा प्रेम बिस्ट अन्जान,सञ्चार बिभाग प्रमुखमा भिम लुहार रहनुभएकाे छ। त्यस्तै सदस्यहरुमा भागिराम बुढाथोकी, हरि बहादुर सिंह र निर्मल खवास रहेका छन् ।

अधिवेशनमा समितिका निबर्तमान अध्यक्ष राम प्रसाद सुबेदी संगमकाे अध्यक्षता, नेपाली मजदुर एकता समाज केन्द्रिय समिति अध्यक्ष तेजबहादुर कार्किकाे प्रमुख अाथित्यता, नेपाली राजदुतावास क्वालालम्पुर मलेसियाका डि.सि.एम माेति श्रीसकाे बिशिस्ट अाथित्यता रहेको थियो । निर्वाचन समिति संयाेजक तिलाेचन गाैतमलाई तोकेर समिति चयनको जिम्मेवारी दिएको थियो ।