ओली सरकारले नियुक्त गरेका प्रदेश प्रमुख राजेश झा पदमुक्त

everest kitchen

काठमाडौं । प्रदेश २ का प्रदेश प्रमुख राजेश झा (अहिराज) पदमुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले झालाई प्रदेश प्रमुखको पदबाट मुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री शेर बहादुर देउवा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले झालाई प्रदेश प्रमुखको पदबाट मुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए ।

यसअघि एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले तिलक परियारलाई पदमुक्त गरी डा. राजेश झा (अहिराज)लाई प्रदेश प्रमुख नियुक्त गरेकी थिईन ।