प्रधानमन्त्री देउवासंग जसपा ठाकुर पक्षको भेटवार्ता: दल विभाजन सम्बन्धि अध्यादेश ल्याउन आग्रह

everest kitchen

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । मंगलबार आफ्ना केही नेताहरूलाई लियर ठाकुर बालुवाटार पुगेका हुन ।

भेटमा ठाकुर पक्षका नेताहरुले दल विभाजनसम्बन्धी अध्यादेश ल्याइदपन आग्रह गरेको बुझिएको छ । जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि उनीहरूले आफुहरुलाई अप्ठ्यारोमा परेकोले अध्यादेश ल्याएर सहयोग गर्न आग्रह गरेको स्रोतले जनाएको छ ।

जवाफमा प्रधानमन्त्री देउवाले भने छिट्टै मन्त्रिपरिषदलाई पूर्णता दिने र त्यसपछि सबै कामले गति लिने बताएका छन् । यद्यपि यस बारे कुनै कुरा नगरेको ठाकुर पक्षेका एक नेताले बताएका छन् । उनले भने, मागमुद्दाबारे ध्यानाकर्षण गराउन गएका थियौं, त्यही कुरा भयो ।’

नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई भेट्न जसपा नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी लगायत बालुवाटार पुगेका थिए ।