जर्मन सुपरकपको उपाधि बायर्न म्युनिखलाई

everest kitchen

काठमाडौँ । जर्मन सुपरकपको उपाधि बायर्न म्युनिखले जितेको छ । बुधबार बिहान सम्प्नन खेलमा बोरुसिया डर्टमण्डलाई ३-१ गोलले हराउँदै बायर्नले उपाधि जितेको हो ।

बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले २ गोल गर्दा थोमस मुलरले एक गोल गरे । डर्टमण्डका लागि मार्को रियुसले एक गोल फर्काए ।

पहिलो हाफको अन्त्यअघि लेवान्डोस्कीले बायर्नलाई अग्रता दिलाए भने दोस्रो हाफको शुरुवातमा नै थोमस मुलरले गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको ६४ औँ मिनेटमा मार्को रिउसले एक गोल फर्काए पनि १० मिनेट पछि नै लेवान्डोक्सीले अर्को गोल थप्दै पुनः टोलीलाई दुई गोलको अग्रता दिलाए ।

आफ्नो पूर्वक्लब विरुद्ध यो उनको २४ औँ गोल थियो । पोल्यान्डका स्ट्राइकर सन् २०१० देखि २०१४ को बीचमा डर्टमन्डमा रहेका थिए ।

जर्मन सुपरकप बुन्डेस लिगाको विजेता र डीएफबी पोकालको विजेताबीच खेलाइन्छ । गत सिजन बार्यनले कीर्तिमानी लगातार नवौँ पटक लिग उपाधि जितेको थियो ।