लघुकथा : हराएको राहादानीको अनौठो खबर
दयालु महेश
“म कक्षा दशमा अध्यनरत थिएँ ।जति बेला परिवर्तन वादी(गणतन्त्र वादी ) अर्थात माओवादी र राजावादी बीच घमासन युद्ध चलिरहेको थियो। युद्धले नयाँ मोड लिदै थियो। दिउँसो आएर राजावादीका मान्छेहरू थर्काउने गर्दथे भने राति त्यतिबेलाको आतंक कारि अर्थात माओवादीले थर्काउने गर्दथे ।
माओवादीले भन्ने गर्थे एक घर एक जन जसले पठाउदैन उसले पाउने छ इन्काउन्टर को गन। ” “यस्तो कुरा सुन्दा आङ नै जिरीङग भएर आउँदथ्यो ।जब रात पर्छ, तब सुत्नको लागि कहिले मकै बारिमा रात कटाइन्थ्यो त कहिले परालको माचमा सुतेर रात कटाउनु पर्दथ्यो ।”
“जताततै हत्या र हिंसा मात्र भएको खबर सुन्न पाइन्थ्यो रेडियो एफएम बाट । आज आतंककारी र सैनिक को भिडन्तमा यती आतंककारी मरे ।केही सैनिक मरे त केही घाइते भए यस्ता खबर सधैं सुन्दा दुख लाग्थ्यो।”
“अब यसरी दुबै पक्षको चेपुवामा परेर बस्नु भन्दा बरु राहादानी बनाएर बिदेश जाने निधो गरे। अनेकौं दुख कष्ट सहदै राहादानी बनाएँ र राजधानी तर्फ लागेँ ।बाह्र घन्टाको बाटोमा अडचालिस घन्टाको कष्टकर यात्रा गर्दै राजधानी पुगेर आफ्नो राहादानी एक मेनपावर लाई सुम्पें ।उसले एक महिनापछि भिषा आउने आश्वासन दिदै मख्ख पार्यो ।”
“यसरी दिन, हप्ता महिना गर्दै बर्ष बित्यो ! तर मेरो भिसा आएन ! यसरी बर्ष दिन सम्म पनि भिषा नआउँदा एक दिन मेन पावरमा गएर बुझेँ । एक जना रिसेप्सनमा बस्नु भएको दिदिले भन्नु भयो। भाइ तपाइँको राहादानी हाम्रो मेननपावरमा छैन।तपाइँको राहादानी हराइसकेको छ भनि जबाफ दिनु भयो। म हिस्रिक्क हुदै त्यहाँ बाट घर फर्के । ”
” यसरी हराएको राहादानि बाट आज बर्षौ पछि मेरो राहादानिको ठेगानामा, म साउदी मा काम गर्ने सिलसिलामा मृत्यु भएको । मेरो मृत शरिर र क्षतिपूर्ति स्वरुप कम्पनिले दिएको केही रकमबुझ्न आउनुहोस् । भनि बुबाको नाममा दुताबासले काटेको पत्र हुलाकि दाइले स्वयम मेरो हातमा त्यो पत्र थमाउन लाग्दा म झल्यास्स हुन्छु ।
जिउँदोमा गतिलो काम त गर्न सकिएन बरू कागजी रुपमा मृत घोषणा भएर भएपनि मृतकको आफन्तलाई क्षतिपूर्ति दिलाएर राहत दिलाउँ कि यत्तिकै आफुलाई जिवित भएको घोषणा गरूँ ? म अन्योलमा परिरहेको छु।