मलेसियामा खोप लगाउनेहरुलाई सुबिधा थपियो

everest kitchen

मलेसियाले कोबिड–१८ बिरुद्धको खोप लगाउनेहरुलाई लकडाउनको समयमा पनि सुबिधा थपेको छ ।
यदि कोबिड–१९ बिरुद्धको दुबै खोप लगाएको छ भने रेष्टुरेन्टमा बसेर खाना पनि खान पाइनेछ भने बजारमा किनमेल गर्न पनि पाइनेछ ।
मलेसियामा बयष्कहरुमध्येमा ५० प्रतिशतले दुबै खोप लगाएकोले यो सुबिधा थपिएको हो । अगस्ट ३१ तारिखसम्म लक्ष्य राखिएको भएता पनि सोचेको समयभन्दा चाडै कार्यसम्पन्न भएकोले सरकारले नयाँ कार्यक्रम ल्याएको हो ।
सरकारले फेज १, फेज २, फेज ३, फेज ४ गरि चार वटा सुधार योजना ल्याइएकोमा अब दुबै खोप लगाउने जो सुकैले जुनसुकै फेजमा भएता पनि बाहिर हिडडुल गर्ने, रेष्टुरेन्टमा बसेर खाना खान पाउनेछन् ।
साथै खेलकुद साइक्लिङ्ग, दौड, ब्याडमिन्टन, टेबलटेनिस लगायतका खेलकुदहरु पनि सञ्चालन हुनसक्ने भएको छ ।
मलेसिया सरकारले कोबिडको कारणले देशमा नागरिकहरुलाई सकेसम्म सुरक्षित राख्न लकडाउन लगाएको बताएको छ ।
मलेसियामा अहिले दैनिक झन्डै ५ लाख नागरिकले खोप लगाईरहेका छन् । जुन बिश्वमै उत्कृष्ट मध्येमा एक हो ।
मलेसियामा बस्ने विदेशि नागकिरहरुले पनि बिना विभेद खोप पाउने भएकोले सरकारले बारम्बार सबैले खोप लगाउन अनुरोध गरिरहेको छ । अबैधानिक हैसियतमा रहेका नागरिकहरुले पनि खोप लगाउन पाउनेछन् ।