रुकुममा बर्षातको तालमा डुबेर बेपत्ताको शव फेला (भिडियोसहित )

everest kitchen

रुकुम । रुकुम पश्चिमको मुसीकोट नगरपालिका ७ स्थित ठुली दहमा डुबेर वेपत्ता भएका दुई दाजु भाइको शव फेला परेको छ । शुक्रबार दिउँशो साढे १ बजेतिर पौडि खेल्ने क्रममा दहमा डुबेका उनिहरुको अपरान्ह ४ः२० बजेतिर शव फेला परेको हो ।

नेपाल प्रहरी, शसस्त्र प्रहरीको डिएमटी र स्थानीय युवाको सक्रियतामा उनीहरूको शब निकालिएको प्रहरीले जनाएको छ ।

साथै उद्धारको लागि नेपाली सेनाको टोलि समेत त्यहाँ पुगेको थियो । उनीहरूको शबलाई स्थानीयले युवाले फेला पारेपछि रुकुम पश्चिमको सशस्त्र प्रहरी बलका प्रहरी सहायक निरिक्षक तारा चन्द्र शर्मा नेतृत्वको डिएमटी टोलिले तालबाट बाहिर निकालेको हो ।

साथीहरूसंग घुम्न गएका उनीहरू मुसीकोट नगरपालिका १ सल्लेका २१ वर्षिय भिमबहादुर थापा र १७ वर्षिय वर्षिय प्रेम थापा रहेका छन् । भिमबहादुर दाइ र प्रेम भाइ हुन् । मृतक दाजुभाइसंगै अन्य पाँच जना साथीहरू पनि उक्त स्थान घुम्न गएका थिए ।

मृतकका बुवा हर्क बहादुर थापा वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा रहेकाे र घरमा उनकी श्रीमती गौरी थापा र मृतक दुई दाजुभाइ मात्रै रहेको मृतकका एक आफन्तले जानकारी दिए । उनका अनुसार हर्क बहादुरका शन्तान मृतक दाजुभाइ मात्रै हुन ।

घटना बारे पुरा भिडियो