मलेसियामा मृत्यु भएकी सञ्जुको शव नेपाल पठाइयो

everest kitchen

टाउकोको बिरामि भएर उपचार गर्ने क्रममा १४ अगस्ट मृत्यु भएकी सञ्जु थिङ्ग तामाङ्गको शव आज २१ अगस्टमा नेपाल एयरलाइन्सको फ्लाइटबाट नेपाल पठाइएको छ ।
नुवाकोट जिल्ला पञ्चकन्या गाउपालिका घर भएकि थिङ्ग केहि बर्ष देखि मलेसिया स्थित एक नेपाली रेष्टुरेन्टमा कार्यरत थिइन ।
पारिवारीक श्रोतका अनुसार उनलाई पहिले देखि नै टाउकोको समस्या रहेको र मृत्यु हुनु केहि समय अगाडी देखि क्वालालुम्पुर स्थित तुनसिङ अस्पतालमा उपचाररत थिइन ।
अबिबाहित तामाङ्गको शव नेपाल पठाउन बिभिन्न संस्था तथा ब्यक्तिहरुले आर्थिक सहयोग गरेका थिए ।