उपत्यकाको फोहर नउठ्दा वाग्मतीलगायत नदी प्रदूषित बन्दै

everest kitchen
photo file

काठमाडौं । काठमाडौँ उपत्यकाको फोहर नउठेपछि वाग्मतीलगायत नदी किनार प्रदूषित हुन थालेको छ । उपत्यकाको फोहर व्यवस्थापन गरिँदै आएको नुवाकोटको ओखरपौवा जाने सडक बिग्रिएका कारण फोहर नउठेको हो ।

फोहर नउठेपछि नदी किनारका धेरै स्थानमा फोहर थुप्रो लागेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलले जानकारी दिए ।

वाग्मती नदीमा बहाव बढेका अवसरमा नदी संरक्षण संस्थाले प्रत्येक वर्ष आयोजना गरेको जलयात्राका क्रममा आज थापाथलीबाट सुन्दरीघाटसम्म पुग्दा नदी किनारका धेरै स्थानमा फोहर थुपारेको भेटिएको उनले सुनाए । उपत्यकावासीले फोहर फेरि नदी किनारमा लैजान थालेपछि ४३२ हप्तादेखि सफाइ गरिँदै आए पनि फेरि प्रदूषित बन्ने खतरा बढेको हो ।