भाजपा नेता विजय चौथाइवाले प्रधानमन्त्री देउवालाई भेटे

everest kitchen

काठमाडौं । भारतीय जनता पार्टी विदेश विभागका प्रमुख विजय चौथाइवाले नेपाल आएका छन् । आज नेपाल आइपुगेका चौथाइवालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेका हुन ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका लागि विदेश मामिलाका रणनीतिकारका रुपमा चिनिएका उनी यसअघि केपी ओली प्रधानमन्त्री भएको बेलामा पनि नेपाल आएका थिए ।

प्रधानमन्त्री देउवासँगको भेटघाटमा दुई देशको आपसी सम्बन्ध तथा पार्टीस्तरमा सम्बन्ध कायम राख्ने विषयमा कुराकानी भएको बताइएको छ । त्यस्तै चार दिनसम्म नेपालमा रहने चौथाइवाले अन्य पार्टीका शीर्ष नेतालाई भेट्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।