जेसिस सप्ताह शुभारम्भ : कलैया सिटी जेसिजद्धारा फलफुल वितरण

everest kitchen

बारा । कलैया सिटी जेसिजले आज बाट जेसीज सप्ताह सुरु गरेको छ । जेसीज सप्ताह शुभारम्भ कार्यक्रम कलैया सिटी जेसिजका अध्यक्ष जेसी शम्भु गुप्ताको अध्यक्षता तथा कलैया उपमहानगरपालिका की उपप्रमुख रहिमा खातुन को प्रमुख आतिथ्यमा कार्यक्रम शुभारम्भ गरियो ।

सोमबार जेसीज सप्ताहको पहिलो दिन कलैया उपमहानगरपालिका की उपप्रमुख रहिमा खातुनबाट कलैया अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । जेसीज सप्ताह सात दिन सात कार्यक्रम हुने कलैया सिटी जेसिजका महासचिव जेसी पवन कुशवाहा ले बताए ।

उक्त कार्यक्रममा कलैया सिटी जेसिजका पुर्वअध्यक्ष वृजकिशोर साह, गंगासागर कुशवाहा, रामबाबु कुशवाहा, रामबालक राउत अहिर, धानिलाल साह सोनार, राजेश कुशवाहा, उपाध्यक्ष विजय गिरी, उपाध्यक्ष सन्दीप शाह, श्याम केशरी, बोर्ड सलाहकार अनिल कुशवाहा, सन्दीप बरै, मानार्थ सदस्य वैजु दास, सदस्यहरु अंकुश बायहुत, निजमोदिन अंसारी, शाखा सम्पादक उमेश शाह, संजय शाह लगायत कलैया सिटी जेसिज का पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।