खड्काद्धारा लिखित पुस्तक ‘रुकुमको पत्रकारिता’ बजारमा

everest kitchen

रुकुम । पत्रकार मेगराज खड्काद्धारा लिखित पुस्तक रुकुमको पत्रकारिताः इतिहास र समस्या नामक पुस्तक बजारमा आएको छ । रुकुमेली पत्रकारिताको इतिहास र जिल्लाका मिडियाहरुमा देखिएको समस्यालाई पुस्तकमा केन्द्रित गरिएको छ ।

कोरोना महामारीका कारण औपचारिक कार्यक्रम नगरेर अनलाइन मार्फत सार्वजनिक गरिएको लेखक खड्काले बताए । जिल्लामा पत्रकरिता गरिरहेका पत्रकारका साथै सञ्चार क्षेत्रमा रुची राख्ने जोसुकै ब्यक्तिहरुको लागि पुस्तक उपयोगी रहेको बताईएको छ ।

पुस्तकको प्रकाशन तथा वितरण आहा सञ्चारले गरेको छ । १ सय ६४ पृष्ठ रहेको पुस्तकको मुल्य ५०० रहेको छ । पत्रकार खड्का लामो समयदेखि पत्रकारिता पेशामा रहेका छन्।