मलेसियाको ट्रेन्ड टेक्नोलोजीका नेपालीहरुद्वारा खुट्टा गुमाएका उमेशलाई आर्थिक सहयोग

everest kitchen

सुरेन्द्र महतो
सप्तरी । मलेसिया स्थित ट्रेन्ड टेक्नोलोजीमा कार्यरत नेपालीहरुद्वारा खुट्टा गुमाएका उमेश मुखियालाई आर्थिक सहयोग गरेका छन् । सवारि दुर्घटनामा परि गम्भीर घाइते भएका सप्तरीको तिलाठि काेइलाडि गाउपालिका-४ का बिदेशि भनेर चिनिने उमेश मुखियालाई उनीहरूले ७५ हजार ४०० रुपैया सहयोग गरेका हुन ।

मलेसियाको जोहर राज्यको सेनाई मुर्नीमा अवस्थित ट्रेनड टेक्नोलोजी मलेसिया कम्पनीमा कार्यरत केही नेपाली श्रमिक अगुवाहरुको पहलमा मुखियाको लागि अार्थिक सहयोग संकलन गरेर पठाएको हो । केही महिना अगाडि सवारि दुर्घटनामा परि ३८ वर्षिय मुखियाले एउटा खुट्टा गुमाएका थिए ।

केही दिन देखि सहयोगको लागि हरेक ठाउँमा अपिल गर्दै आएका उमेश मुखियाले मलेसियामा रोजगारको सिलसिलामा गएका आफनै गाउँका युवाहरुलाई आफ्नो खुट्टाको अपरेसन खर्चको लागि सहयोग गर्न अपिल गरेपछि सहयोग संकलन भएको अभियान्ताहरुले बताएका छन ।

उक्त कम्पनीमा कार्यरत पीडितको गाउँका कमलेश कुमार मण्डले साथीहरूलाई मुखियाको बारेमा जानकारी दिएपछि कम्पनीमा काम गर्ने सबै नेपालीहरुले सल्लाह गरेर सहयोग रकम उठाएको उनीहरूले बताए । ७ गते सोमबार नै उक्त रकम पीडितलाई हस्तान्तरण गरि सकिएको बताएको छ ।