थप २५ सय बढीमा कोरोना संक्रमण पुष्टि, ३५ को निधन

everest kitchen

काठमाडौं । बितेको २४ घण्टामा २५ सय जना बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने ३५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ८१० जनामा कोरोना परीक्षण भएकामा २ हजार ५२५ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २ हजार ८६ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ५१ हजार १२ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८० हजार ९६७ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै संक्रमितमध्ये हालसम्म ७ लाख २ हजार १८३ पुगेको छ । यस्तै मृतकको कुल संख्या १० हजार ५८६ पुगेको छ ।हाल देशभर ३८ हजारको हाराहारीमा सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।