“हेल्प मधेसी मलेसिया शाह-आलम”द्वारा बिरामी बालिकालाई आर्थिक सहयोग

everest kitchen

सुरेन्द्र महतो
काठमाडौं । हेल्प मधेसी मलेसियाद्धारा गनेशमान चारनाथ नगरपालिका वडा नं-११ डुमरिया टाेलका रुदल सदाका ११ बर्षीय छाेरी बन्दना सदाको उपचारको लागि आर्थिक सहयोग गरेको छ । मंगलबार संस्थाले खुट्टामा गहिरो घाऊ भएका कारण विगत १ वर्षदेखि घरमा थला परेकी सदाको लागि २५ हजार आर्थिक सहयोग गरेको हो ।

घाउको कारण विगत १ वर्षदेखि घरमा थला परिरहेकी उनको साेसल मिडिया फेसबुक मार्फत दलानका अध्यक्ष श्री सरोज कुमार साहले जानकारी पाएपछि बालिकाको अवस्था बुझ्नको लागि हेल्प मधेशी नेपालका केन्द्रिय अध्यक्ष राम उदगार यादवसंग समन्वय गरेपछि उक्त रकम सहयोग गरिएको हो ।

परिवारको आर्थिक अवस्था एकदमै कमजोर रहेकोले उनको परिवार लाई आर्थिक सहयोग गरिएको संस्थाले जनाएको छ । हेल्प मधेशी नेपालका अध्यक्ष राम उदगार यादव र संस्थाका पदाअधिकारीहरुले पिडितको घरमै गएर उक्त सहयोग हस्तान्तरण गरिएको हो ।