बिप्लबी तेन्जु योन्जनको एक “गजल”

everest kitchen

बिप्लबी तेन्जु योन्जन
कठै जिबिका चलाउछिनआमा पानी बेचेर
सहरमा रमाउछे बुहारि जवानी बेचेर ।।

गर्छन पछुतो मानिसहरु आफै भित्र भित्र
बाध्यतामा ति सारा जिवनको कहानी बेचेर ।।

भयो एकलौटी शासन भ्रष्टाचारि कै देशमा
रमाउदैछ सिहदरबारमा खानी बेचेर ।।

बाबा छट्पटाउदैछ क्यान्सरले अस्पतालमा
केही छैन उपचार गर्छु आँखाको नानी बेचेर।।

मेरो देशको सरकार बिधुत बेची तार किन्छ ।
त्यस्तै ठेकी किन्छ गोठाला ले मदानी बेचेर ।।