एनआरएनए केन्द्रको सचिवमा श्रमगन्तव्य मलेसियाबाट खगेन्द्र न्यौपानेको उम्मेदवारी

everest kitchen

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनको सचिव पदको लागि एसिया प्यासिफिक क्षेत्रीय सहसंयोजक खगेन्द्र न्यौपानेले एनआरएनए आईसिसि सचिवमा उम्मेदवारी घोषणा गरेका छन ।  आगामी १० औं महाधिवेशन मार्फत चुनिने नयाँ कार्यसमितिकन लागि उनले उम्मेदवारी दिएका हुन ।

मलेसियामा रहेर लामो समयदेखि व्यवसाय तथा समाजसेवामा समर्पित रहदै आएका न्यौपाने संघको एसिया प्यासिफिक सहसंयोजक निर्वाचित भएपछि कार्यकाल भरी आफुलाई सक्रिय रुपमा प्रस्तुत गर्दै आएका उनले थप सक्रियता र श्रमिकको हकहितको लागि आगामी कार्यकाल २०२१–२३ का लागि सचिवमा उम्मेदवारी दिएको बताएका छन् ।

यसअघि एनआरएनए मलेसियाको सदस्य , उपाध्यक्ष, आइसीसी सदस्य, अध्यक्ष र अहिले एसिया प्यासिफिक सहसंयोजकको जिम्मेवारी सम्हालेका उनले मलेसिया र मध्यपुर्वका श्रमिकका मुद्धालाई स्थापित गर्न लागि परिरहेको र यसलाई थप सार्थकता दिन आइसीसी सचिव पदमा उम्मेदवारी घोषणा गरेको उनले बताए

हाल एसिया प्यासिफिक सहसंयोजकमा रहदा विभिन्न अभियान र पीडितको उद्धार र सहयोगमा अग्रसर देखिदै आएका न्यौपानेलाई सचिव पदमा विजयी बनाउदा मलेसियामा तथा खाडीमा रहेका नेपाली श्रमिकको समस्या समाधान, उद्धार र व्यवस्थापनमा सहज रहने एनआरएन बृतभित्र विश्वस रहेको बताइन्छ ।