मलेसियामा कोरोना महामारी, आजमात्र २४ हजार भन्दा बढी बिरामि भेटिदा झन्डै ४ सय जनाको मृत्यु भयो

everest kitchen

मलेसियामा कोरोना महामारी, आजमात्र २४ हजार भन्दा बढी बिरामि भेटिदा झन्डै ४ सय जनाको मृत्यु भयो
मलेसियामा कोरोना महामारी दैनिक रुपमा बढ्ने क्रममा रहेको छ । आज मलेसियामा २४ हजार ५ सय ९९ जना नयाँ बिरामि भेटिदा ३ सय ९३ जनाको मृत्यु भएको छ ।
मलेसियामा राजनैतिक अस्थिरतासँगै कोरोनाको संक्रमण पनि दिनदिनै बढ्दो क्रममा रहेको छ ।
अघिल्लो सरकारको पालामा सुधारको लागि केहि कार्यक्रमहरु ल्याइएता पनि प्रभावकारी हुन सकेन । मलेसियामा एक हप्ता अगाडी मात्र नयाँ सरकार गठन भएसँगै कोरोना संक्रमण नियन्त्रणको लागि पहल कदमि गरिनेछ भन्ने आशा राखिएको छ ।
मलेसियामा हाल कोरोना संक्रमित दैनिक २० हजारको हाराहारीमा रहेको छ भने निको हुनेको संख्या त्यसभन्दा केहि कम दैनिक १७–१८ हजारको हाराहारीमा रहेको छ ।
मलेसियामा हालसम्म कोरोना संक्रमितको संख्या १६ लाख ४० हजार ८ सय ४३ पुगेको छ भने मृत्यु हुनेको संख्या १५ हजार २ सय ११ पुगेको छ । त्यसैगरि कोरोना लागेर निको हुनेको संख्या १३ लाख ५९ हजार ७ सय ९१ रहेको छ ।
मलेसियामा दैनिक कोरोना संक्रमणबाट मर्ने स्थानिय नागरिक धेरै भएता पनि प्रवासी नागरिकहरुको पनि मृत्यु भईरहेको छ । जसमा नेपालीहरु पनि कोरोना संक्रमणबाट मृत्युबरण गरिरहेका छन् ।
कोरोना संक्रमणबाट जोगिन र कोरोना लागिहाले पनि धेरै असर हुन नदिन कोरोना खोपलाई मलेसिया सरकारले प्रभावकारी रुपमा अगाडी बढाईरहेको छ । तर, प्रवासी नागरिकहरुले भने सोचेजस्तो खोप कार्यक्रममा सहभागि भईरहेका छैनन । जसलाई मलेसिया सरकारले बारम्बार अनुरोध गरेर प्रवासी नागरिकहरुलाई पनि कोरोना बिरुद्धको खोप लगाउन अनुरोध गरिरहेको छ ।