नवलपरासी पश्चिमको सात वटै स्थानिय तह जलमग्न, क्षतीको विवरण आउन बाकी

everest kitchen

रबिन्द्र यादव, नवलपरासी । लगातार अविरल बर्षाको कारणले नवलपरासी पश्चिमको सात वटै स्थानिय तह डुबानको चपेटामा परेको छ। अधिकांस भुभाग जलमग्न भएको छ ।

जिल्लाको सरावल,प्रतापपुर,पाल्हिनन्दन,सुस्ता गाउँपालिका,रामग्राम,बर्दघाट र सुनवल नगरपालिकाको अधिकांस भुभाग बर्षाको कारणले जलमग्न भएको हो ।

लगातार अविरल बर्षाको पानी निकास नभएको कारणले नै जिल्लाको सदरमुकाम परासी बजार पुर्ण रूपमा डुबानमा परेको स्थानिय पत्रकार हुसेन अन्सारी बताए । झरहि खोलाको सरसफाइ नभएको कारणले गर्दा परासी डुबानमा परेको स्थानीयबासिले बताउँछन् ।

सुस्ता गाउँपालिकाको वार्ड न १ बरुवा बजार पनि यतिखेर पुर्ण रूपमा डुबानमा परेको छ भने त्यहाका स्थानीय ब्यक्तिहरुले आ आफ्न लत्ताकपडा, खानेकुरा, अतिआवस्यक कागजातहरु लिएर कोटेश्वर मन्दिरको अग्लो स्थानमा बसिरहेका छ्न । घर र पसलहरुमा पानी पसेर डुबान भएपछि के कति क्षति भएको अहिले एकिन हुन सकेको छैन ।

त्यस्तै नेपालको ऎतिहासिक भुमी नारायणी नदि पारीको गाउँ सुस्तामा पनि नारायणीको बहाब बढेर पानी पसेको छ भने त्यहाका स्थानीयबासीहरुको खाद्यान्न,लत्ताकपडा र आवश्यक कागजातहरु सहित ब्यक्तिहरुलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षित स्थान तर्फ लगिरहेको सुस्ता बचाउ अभियानका प्रवक्ता रबिन्द्र कुमार जयसवालले जानकारी दिएका छन् ।

बर्षाको पानी निकास नभएर बर्सेनि डुबानको समस्या भोग्न परेको जिल्लाको सदरमुकाम परासी, पाल्हिनन्दन गाउँपालिकाका शंकरपुर,रामपुर खडौना,सरावलको डुबन्तापुर,पुसौली,भुजहवा र प्रतापपुरको वार्ड न ३ र ४, सुस्ताको वार्ड न १ बरुवा र नदिपारीको गाउँ सुस्ता लगायत अन्य स्थानहरु यतिखेर जलमग्न भएको दृश्य देख्न सकिन्छ ।

पाल्हिनन्दनको झरहि खोला र सरावलको धनेवा खोला सरसफाइ नभएको कारणले सरावल र पाल्हिनन्दनको आधा दर्जन भन्दा बढी गाउँहरु डुबानको पिडा खेप्दै आएको र डुबानको समयले गर्दा उनिहरुले खाद्यान्नको अभाव,खानेपानी,आवतजावत र सर्पको बिगबिगी जस्ता सास्ती भोग्न परिरहेको अवस्था छ ।

सुनवल नगरपालिकाको पनि विभिन्न क्षेत्र डुवानमा परेको छ । सुनवल-१० भुडिया टोल डुवानमा परेको छ । बर्षाका कारण सुनवल नगरपालिकाको वडा नम्बर ३ मा पनि डुवान भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत सुनवल स्थित तुरियाखोलाको पुल उच्च जोखिममा परेको छ ।

अहिले पुलबाट सवारीसाधन आवतजावतमा पुर्ण रुपमा रोक लगाईएको छ । पुर्व पश्चिम राजमार्ग विस्तारका क्रममा विभिन्न ठाउँमा बनाईएका डाईभर्सनहरुमा बाढी बगेका कारण यातायत संचालन हुन सकिरहेको छैन ।

त्यस्तै बर्दघाट नगरपालिकाको विभिन्न ठाउँहरु पनि डुवानमा परेका छन् । वडा नम्बर ४ को स्मृतिनगरमा रहेको मुसहर बस्ती डुवानमा परेको छ । वडा नम्बर ६ मा पनि डुवान भएको छ । वडा नम्बर १० धुर्वटोल,वार्ड न ११ को विजयपुर, भगजोगनी, गैडाहा, मौराटारी क्षेत्रका बस्ती डुवानमा परेको स्थानीयले जानकारी दिए ।

त्यसैगरी प्रतापपुर गाउँपालिकाको डिबनी,बर्दघाटे, फटकीटोल, पिडरी, बर्गदवा, लगायतका गाउँमा पानी बसेको डिबनीका स्थानिय पिडित सदरी गुप्ताले जानकारी दिए ।

अविरल बर्षाको कारणले जिल्लाको अधिकाशं स्थानहरु डुबानमा परेपछि गएरातीको १ बजे र २१ मिनेट देखि विभिन्न स्थानहरुमा उद्दार कार्यका लागि नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मीहरु परिचालन गरि उद्दार टोलि खटाएको,डुबानबाट भएको क्षतिको विवरणहरु आइरहेको जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय परिसर पनि डुवानमा परेको जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमका प्रमुख धर्मेन्द्र कुमार मिश्रले बताए ।

बिहीबार रातिदेखि परेको भारी वर्षाका कारण नवलपरासी पश्चिमको सदरमुकाम परासी बजार डुबानमा परेको छ। परासी हुँदै बगेको झरही नदीमा पानी ओभर फ्लो हुँदा र रावण खन्डा खोलाको बाढी बजारमा पस्दा डुबान भएको हो । रास