निर्माणधीन घरबाट लडेर घाइते भएकी काभ्रे महाभारतकी आनी तामाङको उपचारमा आर्थिक अभाव

everest kitchen

काठमाडौं । निर्माणधीन घरको दुई तल्लाबाट लडेर गम्भीर घाइते भएकी काभ्रे जिल्लाको डाँडापारी महाभारत गाउँपालिका – १ घर भई हाल काठमाडौंको स्वयम्भूमा कोठ भाडामा बस्ने आनी तामाङलाई थप उपचारमा समस्या भएको छ । तामाङको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरको आइसीयुमा उपचार गराईरहेकी उनलाई आर्थिक अभाव भएपछि उपचारमा समस्या भएको हो ।

परिवारका अनुसार, तामाङ विगत २ बर्ष देखि लेबर काम गर्दै आएकी थिइन् । लेबर काम गर्ने सिलसिलामा सामान दिन लाग्दा चिप्लिएर लडेर उनकी देब्रे पट्टीको ४ वटा र दाहिने पट्टीको १ वटा करङ भाँचिएको छ, हात र मेरुदण्डमा समेत गम्भिर असर परेकी छ । साउन २१ गते निर्माणधिन घरबाट लडेर घाइते भएकी तामाङको हाल सम्म पनि आइसीयुमै राखेर उपचार भइरहेको छ ।

बिरामी तामाङको स्वास्थ्य सुधार उन्मुख रहेको छ ।यो समयसम्ममा पाँच लाख रुपैँया बन्द बढी सकिएको र गाउँपालिकाबाट प्राप्त विपन्न नागरिक सहुलियत उपचार खर्चको रकम पनि सकिएकोले उपचारमा समस्या भएको कलाकार जेम्स तामाङले बताए । अस्पतालले अझै कति रकम लाग्छ भन्ने थाहा छैन, तर थोरै खर्चले उपचार सम्भव छैन भनेको छ, उनले अस्पतालले दिएको जानकारी सुनाए ।

भिनाजुले पनि त्यति वास्ता गर्दैन, विगत लामो समय देखि सम्पर्क बिहिन रहेको र पछि बल्लतल्ल हस्पिटल सम्म ल्याएपनि बिरामीको हेरचाह नगरेको उनका भाइ कान्छालाल तामाङले बताए ।

अहिलेसम्म ऋण गरेर र केही काम गर्ने ठेकेदारबाट उपचार खर्च धान्दै आएकोमा अब नसक्ने अवस्थामा पुगेको बताए। ‘ लेबर कामको आम्दानीबाट गुजारा चलाउँदै आएका थियो । २१ दिन सम्म आइसीयुमा राखेर लागेको उपचार खर्च ऋणधन गरेर बेहोर्‍यौं,’ कान्छालालले भने, ‘चिकित्सकहरुले विस्तारै ठीक हुन्छ भनेकाले बाँच्ने आशा त छ । भगवानसँग दिदि बचाइदिन प्रार्थना पनि गरिरहेको छु तर अब उपचार खर्च तिर्न सक्ने क्षमता हाम्रो छैन, उपचारका लागि पैसाविना अर्को उपाय नहुँदो रहेछ ।’

‘कहिलेसम्म उपचार गर्नुपर्ने भन्ने ठेगान छैन, त्यसैले ठ्याक्कै कति खर्च लाग्छ यकिन भन्न सकिँदैन,’ उनले भने, ‘तर परिवारको आर्थिक अवस्था निकै कमजोर भइसकेकाले सहयोगको लागि याचना गरेको हो । सहयोगी मन भएको इच्छुक व्यक्ति तथा संघ संस्थाहरूलाई सहयोग गरिदिए दिदिलाई बचाउन सकिन्छ कि भन्ने छ ।’

सहयोग गर्न चाहनाले हरुको लागि बिरामीको भाइ सन्जिव जिम्बाको मोबाइल नम्बर ९८६०९८५१९४ र जेम्स तामाङ ९८६४२३५६१२ मा सम्पर्क गरेर बिस्तृत जानकारी लिन सकिने बताएको छ ।उज्यालोनेटवर्क