लघुकथा- कान्छा
बि.बि.याक्खा
उसको खास नाम अरुनै भए पनि सबैभन्दा अलिक उमेर सानो भएर पनि होला सबैले प्यारो नाम गरेर कान्छ कान्छा भनेर बोलाउने गर्छौ उ पनि आफ्नो नाम छाडेर कान्छा भनेकोमा कुनै आपत्ति मान्दैन ! उ आफ्नै बाध्यताले प्रदेशिएको छ। मनमा उथलपुथल होलान् तैपनि सधैं हास्छन।
उनी प्रया कम बोल्छन् बल्नैपरे यस्तो – दाइ तिमि चैन के गर्छौ भने मान्दैनौ ?चारना बुद्धि छैन भन्छ। म पनि ठट्यौलीमा भन्छु – हो नि कान्छा ठिक हो ! उ डल्लो परेर हाँस्छ फ़ेरि अनि उस्तै ठट्टा रमाइलो। उ आफैमा एउटा निकै रमाइलो कथाको पात्र हो ।
उ अरुबेला अलिक अल्छि मान्ने अघिपछि काममा कोभिडको लहर चल्यो उसलाई पनि बाकी राखेन! कोरेन टाईनमा उचितऔसधि र राम्रो प्रबन्धलेगर्दा सबैमा बिस्तारै क्रमश सुधार हुने क्रम जारी रहयो। अरुबेला अल्छी गर्ने कान्छा सबैभन्दा फुर्ती भयो। सबैलाई बिहान उठाउन थाल्यो चकित नै पार्यो।
आज भने उ अलिक चै चिन्तित अबस्थामा थियो। र सोध्यौ हामीले – हैन के पो चिन्ता पर्यो कान्छा? उसले भन्यो- त्यो भ्याक्सिन लगाएर ठिक गरिएन। चारनाको बुद्धि नहुनेहरुले भनेको मानेर खतमभो! मैले जिज्ञासराक्दै सोधे -भएको के हो? त्यो भनन। उसले भन्यो – स्थायी बन्ध्यकरण हुन्छ अरे मेरो त नानी हुनै बाकी छ निसन्तान हुदिन त म यसैले नि।
हैट !कान्छा पनि के भन्छ भन्छ भने खुब हाँस्यौ ।